प्रहरी हुँ भन्दै रकम असुल्ने तीन जना पक्राउ

धनगढी । प्रहरी हुँ भन्दै रकम असुल्ने तीन जनालाई कैलाली प्रहरी पक्राउ गरेको छ । नक्कली प्रहरी बनेर रकम असुल्ने उनीहरुलाई धनगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका १ घर भई हाल धनगढी उपमहानगरपालिका ७ मनहेरा वस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका ५ घर भई हाल धनगढी उपमहानगरपालिका १ वस्ने ३३ वर्षीय किशन सिजापती रहेका छन् ।

उनीहरुले यही माघ २ गते धनगढी उपमहानगरपालिकाको मिलनचोकस्थित चन्द्रभान शर्माको पसलमा गएर आफूहरु प्रहरी कार्यालयबाट आएको भन्दै पैसा माग मागेका थिए । शर्माले रिक्सा, साइकल मर्मतको पसल रहेको छ ।

प्रहरी हुँ भन्दै रकम असुल्ने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । पक्राउ परेका सिजापतीको साथबाट सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको सवारी चालकको परिचयपत्र समेत फेला परेको छ ।

उता मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने सिजापती पहिले सवारी चालक रहेको तर पक्राउ पर्नुअघि नै उनलाई सवारी चालकबाट हटाइसकेको जनाएको छ । पक्राउ परेका तीनै जना’bout थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात् ठगी मुद्दामा कारवाहीको प्रक्रिया अघि बढाइने डीएसपी बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो