संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। नवनिर्वाचित संसद्को अधिवेशन चैत १९ गतेदेखि सुरु भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न