सरकारले ‘नेपाल प्रथम, नेपाली प्रथम’को अवधारणा आत्मसात गर्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्ने जनाएको छ।

आज राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ुसन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिने प्रतिवद्धता जनाएको हो।

नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गरिने उल्लेख छ।

प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजको रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ।’

कुनै पनि सैन्य गठजोडमा नलाग्ने प्रतिवद्धता जनाएको छ।

‘कुनै पनि सैन्य गठजोड, हात हतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्‍याउँदछ भन्ने मान्यतासहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘सम्पूर्ण कूटनीतिको केन्द्रमा नेपाल प्रथमः नेपाली प्रथमको अवधारणा आत्मसाथ गरिनेछ ।’

आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा संवाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइने, जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्टित राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने समेत प्रतिवद्धता गरेको छ।

वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा