विराटनगर । मोरङको रतुवामाइमा हवाई फायर गरेर प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको छ । रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय रतुवामाइ नगरपालिका वडा नम्बर १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ छन् । भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई घेराउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक कवित कट्वालले भारतीय नम्बर प्लेटको बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेको बताए । उनलाई रोक्न चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर भएको कट्वालले बताए ।
मियाँको साथबाट ५ पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम करिब आधा किलो खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
विद्युत् प्राधिकरणका कार्यालय प्रमुख दास घुससहित पक्राउ
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन’bout छलफल
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
युट्युबर रोशन पोखरेल रिहा
दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ






