मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ सुरु

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ उद्घाटन भएको छ ।

भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ (मल्टिडिस्प्लिनियरी इन्टरनेश्नल कन्फेरेन्स)को उद्घाटन आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले विश्वविद्यालयले शैक्षिक कार्यक्रमसँगै आफूलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न नवीनतम विषयहरूमा ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे ।

उनले कृत्रिम बुद्धिमता, डिजिटल रुपान्तरण र दिगोपनको भूमिका सम्बन्धी विषयमा अन्तरविषयगत सहकार्य र विश्वव्यापी ज्ञानलाई आदानप्रदान गर्दै समावेशी, दिगो तथा नवप्रवर्द्धनशील समाज निर्माण महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकाना व्यक्त गरे । मुख्यमन्त्री कँडेलले भने, ‘आजको युग ज्ञानको युग हो । सूचना र प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै समाज शिक्षा प्रणालीमा व्यावसायिक सोचमा आमूल परिवर्तन भइरहेको छ । यसलाई स्वीकार गर्दै अब हाम्रा विश्वविद्यालयहरूले प्रविधि, नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफूलाई अब्बल सावित गर्नुपर्ने अवस्था सृजना हुँदै गएको छ ।’

कृत्रिम बुद्धिमता आजको विश्वको सबैभन्दा प्रभावशाली प्रविधि बन्न पुगेको उल्लेख गर्दै उनले स्वास्थ्य शिक्षा, कृषि उद्योग सञ्चारलगायतका क्षेत्रमा यसको प्रयोगले अभूतपूर्व परिवर्तनमात्र नभई यसले गोपनीयता, रोजगारको भविष्य, नैतिकता डिजिटल विभाजनजस्ता चुनौतीहरू पनि गम्भीर रूपमा उठान गरेकाले यस्ता जटिल समस्या समाधान गर्न एउटै विषयगत दृष्टिकोणमात्र पर्याप्त नहुने जिकिर गरे ।

उनले भने, ुआज हामी यस्तो ऐतिहासिक मोडमा उभिएका छौँ जहाँ विज्ञान प्रविधि र मानवीय मूल्यबीचको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गरिँदैछ । कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेको छ ।ु यस्तो अवस्थामा दिगो भविष्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहस अपरिहार्य बनेको उनले बताए ।

‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्यूचर इन द एज अफ एआई एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएको मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका सदस्यसचिव विष्णुकुमार खड्काले जानकारी दिए ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दीगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उनले बताए ।

उनले भने, ‘सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायतका विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गरिनेछ । कार्यकारी निर्देशक डा. खड्काका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, ५०० भन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति