बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् ।

सरकारको सुकुमवासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमवासी बस्तीका ८० प्रतिशतले शनिबार दिउँसो २ बजेसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिए ।

बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेको बताउँदै उनले शुक्रबार बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुमवासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिए ।

सरकारले थापाथलीको बस्ती हटाइसकेको जनाउँदै उनले तीनकुने गैह्रीगाउँस्थित सुकुमवासी बस्ती हटाइरहेको उल्लेख गरे । उनका अनुसार त्यहाँको बस्ती हटाइसकेपछि सोही टोली आएर मनोहरा किनाराको दायाँबायाँ रहेका बस्ती हटाउने छन् ।
भ्याएसम्म आज, नभ्याए भोली बिहानदेखि बस्ती हटाउने बताउँदै प्रहरी उपरीक्षक खड्काले सुकुमवासीले सरकारको अभियानलाई सहयोग गर्दै बस्ती छाड्नु सकारात्मक पक्ष भएको धारणा राखे ।

मनोहरा सुकुमवासी बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसिरहेको उनले बताए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै साँझसम्म भत्काउन तयारीका साथ भक्तपुरबाट करिब १०० भन्दा बढी नेपाल
यहाँका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, ‘यहाँ अधिकांश घरहरू भाडामा लगाएका छन् । पक्की घर पनि भाडामा बसिरहेका हुन्, यहाँ सुरुमा टहरा बनाएर एक समूहले तीन लाखदेखि सात लाखसम्म र पक्की घर १८ लाख रुपैयाँसम्ममा बिक्री गरेका छन् । हामी टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामी जस्ता सुकुमवासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।’

सुकुमवासी बस्तीका बासिन्दासँग भाडा उठाउन कोही व्यक्ति आउने गरेको बताउँदै बस्तीका बासिन्दामध्ये धेरैले भाडा तिर्ने गरेको बताउँछन् । सरकारले उचित क्षतिपूर्ति दिने वा बासको उचित व्यवस्थापन गरिदिए, यो गन्हाउने खोलाको किनारामा बस्न रहर नभएको सुकुमवासी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित