काठमाडौं । चक्रपथ विस्तार (दोस्रो चरण)कार्यान्वयन गर्न चीन सरकारले रु ११ अर्ब अनुदान प्रदान गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।
त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताए ।
सम्बन्धित समाचार
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन
संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन
कहाँ अल्झियो भेरी बबई आयोजना ?
डोल्मा फन्डको दबाबमा पुनः व्युँताइँदै दोहोरो कर
सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग
अवरुद्ध बनेको तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग
चुलाचुलीका सडक धमाधम कालोपत्रे






