भोलिदेखी नयाँ चरणको लकडाउन, पुरानै पासमा सवारी चलाउन पाइने

काठमाडौं । भोलीबाट थपिने लकडाउनमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएको छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि सुरु हुने अर्को चरणको लकडाउनका लागि अलग्गै सवारी पास नचाहिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेठ २ गते जारी गरेको नीलो रङको सवारी पास नै लकडाउन अवधिभरका लागि मान्य हुने जनाएको छ ।

जेठ २० गतेसम्मका लागि प्रशासनले नीलो रङको पास जारी गरेको थियो । ‘मिति २०७७/०२/०२ गतेदेखि ऐ. १९ गतेसम्म जारी गरिएका काठमाडौं उपत्याका भित्रको लागि मिति २०७७/०२/२० सम्मको अवधि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरुका सवारी पासहरु लकडाउनको अवधिभर मान्य हुने भएकाले नवीकरण गरिरहनु पर्दैन ’ भन्दै जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी