काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद जगदीश खरेलले समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रूपमा लिएको छ ।’
सत्ताको आडमा सांसदले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ साइबर ब्युरोमा उजुरी गर्नु आपत्तिजनक कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्याउन खरेललाई महासंघले सचेत गराएको छ ।
यसैगरी बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको भन्दै महासंघले आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेको छ ।
सम्बन्धित समाचार
बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध






