काठमाडौं । सरकारले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेज गरेकोमा बौद्धमार्गीहरुले आपत्ती प्रकट गरेका छन् ।
बौद्धमार्गीहरूद्वारा निर्णयमा पुनर्विचार गर्न माग
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति बचाउ नागरिक अभियानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि यस्तो आपत्ति जनाएको हो । गत ३ चैत २०८२ मा जारीभएको सरकारको सुशासन मार्गचित्र समितिले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिलाई खारेजको सिफारिस गरेकोमा बिभिन्न बौद्ध धार्मीक संघ संस्थाहरुले संस्थागत रुपमा आपत्ती जनाएका हुन् ।
बुद्धको देश नेपलमा रहेको बौद्धमार्गि समुदयसंग सम्बन्धित राज्यको एकमात्र सरकारी निकाय बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेजीले देशभर रहेका बौद्ध सम्पदा तथा बौद्ध शिक्षा संरक्षण, प्रवर्धन तथा विकासमा गम्भिर असर पर्ने भएको भन्दै उनीहरूले समिति खारिजिको सिफारि कर्यान्वन नगरिदिन सरकारसँग जोडदार माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति बचाउ नागरिक अभियानका प्रवक्ता टेकराज तामाङले बुद्ध जन्मभुमि नेपालमा एक मात्र नेपाल सरकार स्तरको निकाय बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति मात्र भएकाले खारेजीको प्रस्तावमा सरकारले पुर्नविचार गर्न माग गरे ।
सकारको यस्तो निर्णयले सरोकार संघ संस्था र बौद्ध धर्मवलम्वीहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले सरकारको यस्ता कार्यले बौद्धमार्गीहरुको भावना विपरित पुरात्तत्वमा बिलय हुने चिन्ता व्यक्त गरे ।
कार्यक्रममा अभियानका संयोजक ध्रुव बहादुर गुरुङले हजारौं वर्ष पहिले देखि बौद्ध ग्रन्थ र राजा अंशुवर्माकी छोरी भृकुटीले दाइजोको रूपमा बज्रयानी बुद्ध मुर्ती तिब्बत पु¥यएको तथ्यबाट पनि पुष्टि भई अन्य मुलुकहरुमा लोकप्रिय भैरहेको बौद्ध धर्म नेपालमा भने बत्तीमुनिको अँध्यारो जस्तै भएको बताए ।
उनले धर्म निरपेक्ष राष्ट्रमा अनाधिकृत वस्ति हटाउने क्रमर्मा बुद्धजयन्तीकै दिन डोजर लगाइ गुम्बा भत्काइनु बौद्ध धर्म माथि प्रहार भएको बताए । बौद्ध दर्शनको प्रवद्र्धन लुम्बिनी विश्वविद्यालयबाट नभइ गुम्बा, बिहार, बाहाबहीहरू मार्फत बौद्ध दर्शन, शिल, समाधी, आगम, अविषेक, धर्मदेसना, प्रज्ञा, पन्चशिल, आर्य अष्टांगिक मार्गजस्ता बौद्ध शिक्षा जनमानस सम्म पुर्याइ अभ्यास गराई प्रगतिशिल शान्ती र सभ्य नागरिक निर्माण गरिने बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेजी हुन दुःखद विषय भएको उनको धारणा छ ।
बौद्ध मार्गीहरुले पुरात्तत्व विभागले सय वर्ष भन्दा पुराना सम्पदाहरुको मात्र संरक्षण गर्ने भएको हुँदा गत वर्षसम्म यो समितिमा दर्ता भएका ३ हजार ३ सय ६१ गुम्बाहरु मध्य २ हजार ७ सय २१ गुम्बा पुरात्तत्वको क्षेत्रभन्दा बाहिर पदर्छन् । त्यसैले नेपालमा धार्मीक एवं साम्प्रदायिक सद्भाव, सहिष्णुता खल्बलीने खालका कुनै पनि निर्णय नगर्न अभियानले सरकारलाई आफुहरू आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
सम्बन्धित समाचार
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ हाजिरी जमानीमा रिहा
भर्ना शुल्कमा अनियमितता सम्बन्धमा स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय
विकासमा डोजरको विकल्प खोज्दै प्रदेश सरकार
कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण
लालपूर्जा तथा खोसिएको अधिकार माग्दै नगरवासी उत्रे सडकमा
स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर






