अनिताको अपहरणपछि हत्या, शव लुकाउन हात खुट्टामा ढुङ्गा बाँधेर नदीमा फालियो

राजविराज । विगत एकसाता देखि वेपत्ता रहेकी एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ५ बनरझुल्ला टोलकी ३२ बर्षीया अनिता देवी रायको शब बुधबार सोही वडाको नौ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको हो ।

अर्धनग्न अवस्थामा फेला परेको उनको हत्या गरी कोशी नदी स्परमा फालिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीका अनिताको हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरेको देखिएको छ ।

मृतकले लगाएको साडीले हात खुट्टा बाँधिएको, निजका पतिले प्रयोग गर्ने भेष्टमा गह्रौं ढुङ्गा हालेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेकाले हत्या गरी शव लुकाउने प्रयास भएको उनको भनाई छ ।

वडाध्यक्ष ललन राउतका अनुसार गत बुधबार छिमेकीका छोराको बिहेमा परिवारका अन्य सदस्य गएका बेला चार–पाँचजनाको अपरिचित समुहले अनिताको अपहरण गरेको खुलेको छ । सो क्रममा प्रतिवाद गर्दा अनिता घाईते समेत भएकी थिईन् । आँगनमा रगतको टाटा देखिएकाले अपहरणकारी संग जोगिन अनिताले निकै प्रयास गरेपनि आफुलाई बचाउन नसकेको देखिएको वडाध्यक्ष राउतको भनाई छ ।

अनिताका श्रीमान् छोटु भन्ने बिरेन्द्र राय विगत दुई बर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा छन् । घट्नाको खबर पाए लगत्तै प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी नेतृत्वको टोली घट्नास्थलमा पुगी अनुसन्धान थालेका छन् ।

हिजो बुधबार नै शव निकालेर परिक्षणका लागि गजेन्द्रनाराण सिंह अस्पताल पुर्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै