सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं । यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा सञ्चालन भएको चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज सम्पन्न भएको छ । समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा विगत लामो समयदेखि काठमाडौँ तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयमा अन्तरक्रिया गराइएको थियो ।

सो अभिमुखीकरणबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीका सुकुम्वासी सडकमा