विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार सचिवालयको अर्को बैठक जेठ ८ गते बस्नेछ । सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा एजेन्डा पेस गरेका थिए ।
‘पदाधिकारीको वरियता, निर्वाचन समीक्षा, सरकारको कामकारबाही । सदस्यता नवीकरण र विस्तार, पदाधिकारीको कार्य विभाजन, संविधान संशोधन कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागमा सदस्य मनोनयन र विविध गरी ११ वटा एजेन्डा पेस भएका थिए’, उपमहासचिव भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वमन्त्री साहद्वारा बरवा-स्मृति पुल शिलान्यास