सीमामा तमासा देखाएर कोरोना रोकिन्न

केही कमाउने आशमा भारतको गोवा पुगेका नेपाली नागरिक लोकेन्द्र सिर्पाली अहिले गोवामै स्थानीयले उपलब्ध गराएको खाना खाएर बसिरहेका छन् । सामाजिक सञ्लालमार्फत सम्पर्कमा आएका सिर्पालीले आग्रह गर्दै भने, ‘जसरी हुन्छ हामीलाई नेपाल आउने व्यवस्था गरिदिनु प-यो ।’ गोवामा बसेर हामी हाम्रै गाउँ जान्छौ, हामीलाई घर पुग्ने व्यवस्था गरिदिनु प¥यो भन्ने उनी एक्ला नेपाली होइनन् । उनकै भनाई अनुसार त्यहाँ १० हजार बढी नेपाली छन् । जो घर (नेपाल) जाने साइत कुरेर बसेको आढाई महिना हुन लाग्यो । भारतकै प्रमुख पर्यटकीय गन्तब्य गोवामा काम गर्ने नेपालीहरुले कहिल्यै रात परेको अनुभूति गर्दैन थिए । तर अहिले उनीहरुले दिन खुलेको महशुस गर्न पाएका छैनन् । ‘घर कहिले जान पाइएला भन्दै पिरल्लिएर बसेका छन् ।

गोवा र नेपालीहरुको सम्बन्ध अन्य प्रान्तको भन्दा फरक खालको छ । प्राय नेपालीहरु मंसिरमा धान भित्र्याएपछि अस्थायी कामका लागि गोवा पुग्छन् । जब जेठ लाग्छ, पाँच महिनामा कमाएको पैसा लिएर गाउँ फर्किन्छन् र गाउँमा खेती लगाउँछन् । ‘हामीले काम गर्ने वर्षमा पाँच महिना हो । मंसिरदेखि चैतसम्म काम गरेपछि जेठमा घर फर्किन्थ्यौं र खेती गथ्र्यौं । यसपाली न त पैसा बचाउन सकियो न त गाउँमा गएर खेती गर्न पाइयो ।’ उनले दुखेसो पोखे ।

गोवाको कुरा छाडौं सिंगै भारतमा २० लाख बढी नेपाली कार्यरत रहेको अनुमान छ । कति नेपाल आए, कति आउने तयारीमा छन् । राज्यसंगै कुनै तथ्याङ्क छैन । तथ्याङ्कमा नसमेटिएका ती नागरिकलाई राज्यले उपलब्ध गराएको छ त केबल सीमामा सुरक्षाकर्मी । अनेकौं हण्डर खेप्दै सीमा क्षेत्रमा आइपुगेकालाई नेपाल प्रवेशमा कडाई गर्नुलाई सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले आफ्नो पौरखका रुपमा बुझेका छन् अहिलेसम्म ।

रुकुम, जाजरकोट, कालिकोट, दैलेख वा सुदुरपश्चिम कुनै पनि भूभागबाट एउटा नागरिक केबल काँधमा नाम्लो बोकेर रुपैडिया हुँदै कालापहाड पुग्छ र कोइला खानीमा काम गर्छ । पहिलो कुरो त उसको हातमा मोबाइल छैन । मोबाइल भएपनि फेसबुक वा ट्वीटर चलाउन जान्दैन । उसको समस्या चाँही कसले सुनिदिने ?

लगभग तीन हप्ता भारतकै विभिन्न क्वारेन्टाइनमा कहर काटेर फर्किएका नेपाली सीमामा रहरले मात्रै आइपुगेका होइनन् । ती यस्ता अभागी हुन्, तिनका दुःख न नेपाल सरकाले आजसम्म बुझ्ने प्रयास गरेको छैन । नेपालमा काम नपाएरै भारत गएका थिए । कोरोना संक्रमण सुरु भयो । संक्रमण सुरु भएपछि भारत सरकारले केही दिन पालेर भन्यो ‘हामी सधैँ पाल्न सक्दैनौँ आफ्नै देश जाउ ।’ लड्दै पड्दै दसौं दिन लगाएर नेपाल छिर्ने गौंडामा आइपुगे तर हातमा बन्दुक बोकेर गौंडामा बसेका सुरक्षाकर्मीले भने, ‘तिमीहरुलाई लागेको संक्रमण हामीलाई पनि सर्न सक्छ । त्यसकारण तिमीहरु नेपाल छिर्न पाउँदैनौं ।’ सीमामा उभिएका सुरक्षाकर्मीलाई काठमाडौंले आदेश दिएको थियो । ‘कुनै हालतमा देश छिर्न नदिनु ।’

भारतमा क्वारेन्टाइनमा बस्दा भारतीय प्रहरीको दुर्वाच्य सहन नसकेर दसौं दिन लगाएर लड्दै पड्दै सीमा नाकामा आइपुगेका नेपालीहरुले सोचेका थिए, ‘आफ्नै देश छिर्न त कसो नपाइएला ।’ सीमा क्षेत्रमा बसेका प्रहरीलाई अनुनय विनय गरेपछि आफ्नै मुलुक जाउँला राज्यले बनाएको क्वारेन्टाइनमा बसौंला र संक्रमण देखिएन भने गाउँ पुगेर खेती पनि लाउँला भन्ने थियो ।

सीमाना क्षेत्रको दृश्य उनीहरुले सोचेको भन्दा फरक बन्यो । सिमामा बसेका प्रहरीहरुलाई आश्रयको भिख माग्दै गरेका नेपालीलाई रोक्नु भन्ने मात्रै आदेश थियो त्यही गरे ।

चोरबाटो रहर रहर होइन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई हजारभन्दा बढी भइसकेको छ । आठ जनाको निधन भइसक्यो । नेपालगञ्ज, कपिलवस्तु, रुपन्देही, सुर्खेत, दैलेख, बाजुरा, सिरहा सप्तरी, सर्लाहीलगायतका जिल्लामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । संक्रमितको संख्या तत्काल रोकिने सम्भावना छैन । बढ्दै जाने निश्चित छ । संक्रमितहरु गाउँ गाउँमा पुग्नुको मुख्य कारण सरकारकै कमजोरी हो ।

जब सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम सुरु भयो । सरकारले केबल सीमा क्षेत्रमा रोक्ने मात्रै आदेश दियो । त्यहाँसम्म किन र कसरी आए कसैले सोधी खोजी गरेन । जहाँ खानाको कुरा छाडौं पिउने पानी समेत उपलब्ध थिएन । कतिपयसंग किनेर खानका लागि गोजीमा पैसा समेत थिएन ‘सास छउन्जेल आश’ भन्ने नेपाली उखान अनुसार सीमा क्षेत्रमा जम्मा भएका नेपालीसंग एउटै उपाय बाँकी रह्यो जसरी हुन्छ नेपाल छिर्ने ।

जो जहाँ जम्मा भएका थिए, तिनले त्यही उपाय खोज्न थाले नदी किनारमा आइपुगेकाहरु ट्युब मार्फत, जंगलको छेउमा आइपुगेकाहरु जंगल र अन्य विभिन्न खोल्साखोल्सीलाई बाटो बनाएर प्रहरीको आँखा कान छल्दै नेपाल प्रवेश गरे । नेपाल छिरिसकेपछि पनि स्थानिय सरकार वा प्रहरीको छेउछाउ परेनन् किनकी प्रहरी वा स्थानिय सरकारको सम्पर्कमा पुगेपछि चेकजाँच हुन्छ र क्वारेन्टाइनमा बस्न पाइन्छ भन्ने आश थिएन । फेरि सिमा कटाइदिने पो हो कि भन्ने त्रास थियो । मरे आफ्नै आँगनमा मरिन्छ भन्दै रात साँझ गरेर गाउँ पुगे ।

सीमामा आएकालाई नेपाल ल्याउ

नेपाल भारत सीमा क्षेत्रमा नेपाली आउनेक्रम जारी छ भने हाम्रा सीमा सुरक्षाकर्मीको कर्तव्य पनि जारी छ । जसरी हुन्छ उतै रोक्ने । सिमा क्षेत्रमा नेपाली नागरिकलाई रोक्नु भनेको संक्रमितको संख्या बढाउनु हो भन्नेमा हाम्रा शासकहरु अझै जानकार छैनन । सिंहदरबार भित्र बसेकाहरुले त सीमामा अलपत्र परेका नागरिकका समस्या बुझेनन् नै । जो आफुलाई स्थानिय जनप्रतिनिधी भन्छन् उनीहरुले पनि आफ्ना क्षेत्रका नागरिकको समस्या अझै बुझेनन् । प्रदेश सरकारको उपस्थिती त दिउँसै टुकी बालेर खोज्नु पर्ने स्थिति छ । सात प्रदेशमध्ये छ वटा प्रदेशमा नेकपाबाट निर्वाचित व्यक्ति मुख्यमन्त्रीको कुर्सीमा छन् । ती मुख्यमन्त्रीहरु तीन वर्ष बित्दासम्म नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भन्दामाथि उठ्न सकेनन् । सामान्य एउटा अस्थायी क्वारेन्टाइन निर्माणका लागि समेत माथिकै आदेश पर्खिने मुख्यमन्त्रीसंग अब के आश गर्ने ?

सुकिलाको मात्रै कुरा सुनेर हुन्न

प्रदेश सरकारको उपस्थिती त दिउँसै टुकी बालेर खोज्नु पर्ने स्थिति छ । सात प्रदेशमध्ये छ वटा प्रदेशमा नेकपाबाट निर्वाचित व्यक्ति मुख्यमन्त्रीको कुर्सीमा छन् । ती मुख्यमन्त्रीहरु तीन वर्ष बित्दासम्म नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भन्दामाथि उठ्न सकेनन् । सामान्य एउटा अस्थायी क्वारेन्टाइन निर्माणका लागि समेत माथिकै आदेश पर्खिने मुख्यमन्त्रीसंग अब के आश गर्ने ?

लकडाउनको ७० दिन पार भएपछि सरकारले पहिलो चरणमा श्रम गन्तब्य मुलुक र विद्यार्थी धेरै भएका देशका संकटमा परेका नागरिकलाई उद्दार गर्ने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यो आफैंमा राम्रो निर्णय हो । विदेशबाट हवाइजहाज चढाएर सिधै क्वारेन्टाइनमा लगेपछि यदि संक्रमित रहेछन् भने पनि ति व्यक्तिबाट समुदायमा संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

खाडीमा जानेहरुलाई हवाइजहाज चढाएर ल्याउने योजना बनाइरहँदा भारतमा बस्ने नेपालीहरुको ’boutमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । सरकारको व्यवहार हेर्दा लाग्छ खाडीमा जानेहरु भारत जानेको तुलनामा सुकिला मुकिला हुन् । उनीहरुको हातमा एन्ड्रोइड मोबाईल हुन्छ र सामाजिक सञ्जालमा पहुँच पनि छ । आफ्ना समस्या’bout सामाजिक सञ्जालबाटै बेलिबिस्तार लाउँछन् र तिनका कुरा सरकारले सुन्यो ।

एकछिनलाई सम्झनुस् त रुकुम, जाजरकोट, कालिकोट, दैलेख वा सुदुरपश्चिम कुनै पनि भूभागबाट एउटा नागरिक केबल काँधमा नाम्लो बोकेर रुपैडिया हुँदै कालापहाड पुग्छ र कोइला खानीमा काम गर्छ । पहिलो कुरो त उसको हातमा मोबाइल छैन । मोबाइल भएपनि फेसबुक वा ट्वीटर चलाउन जान्दैन । उसको समस्या चाँही कसले सुनिदिने ?

अबको उपाय

सबै भन्दा पहिला सीमा क्षेत्रमा जम्मा भएका नेपालीलाई सहजै नेपाल प्रवेश गराउनुपर्छ । धेरै ढिला भैसक्यो सीमामा भीडभाडका साथ नागरिकलाई जम्मा गर्नु भनेको कोरोना संक्रमण समुदायस्तरमा फैलाउनु हो । तसर्थ तत्कालै सीमा क्षेत्रमा जम्मा भएका नेपालीलाई नेपाल प्रवेश गराएर चेकजाँच गर्ने र सम्बन्धित स्थानिय सरकारको जिम्मा लगाउनु पर्छ । स्थानिय सरकारले पनि बुझ्न प-यो ‘स्काभेटर भाडामा लगाएर डाँडापाखा कोतर्नु मात्रै हाम्रो कर्तव्य होइन रहेछ’ भन्ने ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी