सप्तरी । राजविराज नगरपालिकाका सवइञ्जिनियर मनोजकुमार यादवलाई कुटपिट गरेको आरोप लागेका गुलाब यादवको बचाउ गर्दै यातायात मजदुरका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य धीरेन्द्र बर्मा धिरुको अगुवाइमा हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
नगरपालिकाका इञ्जिनियर यादवले पुरानो रिसिइवी साँध्न गुलाबमाथि कुटपिटको आरोप लगाएको ज्ञापनपत्रमा दाबी गरिएको छ ।
ज्ञापनपत्रमा घटना’bout प्रत्यक्षदर्शी, स्थानीयवासी तथा वडाध्यक्ष जयनारायण मण्डलसँग सत्यतथ्य बुझ्न आग्रहसहित निर्दोषलाई फसाउने प्रयासबिरुद्ध मजदुरहरु संगठित रुपमा आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ ।
यता राजविराज–८ निवासी गुलावमाथि कारवाहीको माग गर्दै विगत तीन दिनदेखि धर्नामा बसेका नगरपालिकाका कर्मचारीहरुले शुक्रबार दिउँसोदेखि धर्ना कार्यक्रम स्थगित गरेका छन् ।
प्रशासनले गुलाबबिरुद्ध मुद्दा दर्ता भइ पक्राउ पूर्जीसमेत जारी भइसकेकाले आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरेको राजविराज नगरपालिका कर्मचारी संघर्ष समितिले जनाएको छ ।
सम्बन्धित समाचार
सप्तरीको वभनगामा टोलमा आगलागी, १२ घरगोठ जलेर नष्ट
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
सप्तरीका सुकुम्वासी सडकमा
५ हजार २ सय परिवारको पीडा सम्बोधन गर्न वार्ता सुरु
गैरकानूनी हस्तक्षेप नगर्न प्रधानमन्त्री शाहसमक्ष अनुरोध
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
किसानलाई रासायनिक मल यो वर्ष झन् अभाव हुने
लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण







