बालविवाहविरुद्ध प्रहरीको तिव्र अभियान


जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका सिमराढीको अजय मुखियाको घरमा विहेको तयारी चलिरहेको थियो । पाहुनाहरु पनि आइसकेका थिए । ठीक त्यसैबेला बेहुलीपटटीवाट खबर आयो प्रहरीले विहे रोकी दिएको छ । सिरहाको कर्जन्हा नरपालिका–६, वेतहाका रिझन मुखियाकी १५ वर्षिय छोरी रन्जुसंग उनको विहेको कार्यक्रम थियो । वालविवाह भइरहेकाले हामीले रोकेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले वताए ।
अजय र रन्जुको मात्रै नभई गत एकसातामा बालविवाहको तयारीमा रहेको ३ जोडीलाई सिरहा प्रहरीले विवाह रोकेको छ । सिरहाको कर्जन्हा नरपालिका–६, वेतहाका रिझन मुखियाकी १५ वर्षिय छोरी रन्जुको विवाह रोकिएको हो । उनको विवाह यदुकुहा नगरपालिका सिमराढी, धनुषाका अजय मुखियासँग हुन लागेको थियो । यो खबर पाउन साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोली गएर रोकेको छ ।


विवाहका तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५, का बोहरा मण्डलको छोरीको विवाह पनि रोकिएको छ । विशेष सूचनाको आधारमा प्रहरी मण्डलको घर पुगेपछि उनको छोरीको उमेर नपुगेकाले विवाह रोकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जयसवारले बताएको छ ।
प्रहरीले उनीहरुको अभिभावकलाई बालविवाह कानुनीरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने जनाएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको बताए ।
प्रहरीले कार्यालयमै अभिभावकलाई बोलाई उनीहरुलाई अव उपरान्त बालविवाह नगर्ने नगराउने विषयमा सहमती पश्चात आवश्यक प्रक्रिया प¥ुर्याएर घर पठाइएको जयसवारले जनाए ।


नेपालको कानुनले २० वर्षभन्दा पहिला विवाह गर्न बन्देज गरेको भएपनि तराईमा अझै बालविवाह हुँदै आएको छ । बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएका सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले प्रहरीको भूमिका पशंसनिय रहेको वताए । यसप्रकार कडाई अन्य जिल्लामा पनि गरियो भने बालविवाह रोक्न धेरै समय नलाग्ने उनले वताए ।
उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाईने, केटा पाईहालेपनि धेरै दाईजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह हुनेगरेको स्थानीयवासीहरु वताउँछन । पछिल्लो केही वर्षदेखि गाउँगाउमाँ, विद्यालयहरुमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अविभावक र बाल बालिकाहरुविच सचेतिकरणका कारण बालविवाहमा न्यूनिकरण आएपनि अझै समाप्त हुन सकेको छैन ।


रन्जुकी आमा सुनितादेवी मुखियाले आफूहरुलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाए । उनले भने, ‘हामीलाई विवाहको लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, राम्रो घर पाएको र दहेजपनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौं ।’
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० देखि १९ बर्ष उमेर समुहका किशोर किशोरीको जनसंख्या करिब २४ प्रतिशत अर्थात ६४ लाखको हाराहारीमा रहेको छ । जसमा किशोरीको संख्या मात्रै ३२ लाख ६४ हजार रहेका छन ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्बेक्षण सन २०११ का अनुसार ती किशोरीमध्ये ४० प्रतिशत अर्थात करिव १३ लाख किशोरीहरुको १९ बर्ष अगाडी नै विवाह हुने गरेको छ भने करीव १७ प्रतिशत अर्थात साढे ५ लाख किशोरीहरु १९ बर्ष नपुग्दै आमा बनिसकेको हुन्छन ।

तथ्याकलाइ हेर्दा नेपालका ती किशोरी मध्ये ७५ प्रतिशत किशोरी आमाहरुले कुनै न कुनै स्वास्थ्य समस्या भोग्दै आएका छन भने ६ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्दैनन । ३५ प्रतिशत किशोरीहरुले विवाहको कारण पढ्न छाड्ने गरेका छन । पहिलेको मध्यमान्चल क्षेत्रमा १० बर्षभन्दा कम उमेरमा विवाह गर्नेहरुको सख्या ४७ हजार ९२ छ भने १० देखि १४ बर्षको उमेरमा विवाह गर्नेको संख्या चार लाख ९७ हजार ५ सय ३ रहेको पछिल्लो जनगणनाको तथ्याकले देखाएको छ । त्यसमा मध्य तराइका धनुषा, महोत्तरी, सिरहा, बारा, पर्सा, रौतहट, लगायतका जिल्लाहरुमा वालविवाह बढी हुने गरेको छ ।


प्रदेश सरकारले बेटीपढाउ , बेटी बचाउ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु आठै जिल्लामा संचालन गरीरहेको छ । स्थानिय तहले पनि आ आफ्नो तहमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस्ता कार्यक्रमहरुले वालविाहमा कमी आउने प्रदेश २ का सांसद रामअशिष यादवले वताए ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९