नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएका र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो । साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’