एसइई २०८२ : उत्कृष्ट नतिजा ल्याउने धनगढीका २० विद्यालय सम्मानित

धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले एसइई (माध्यमिक शिक्षा परीक्षा) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने १० सामुदायिक र १० संस्थागत विद्यालयलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयतर्फ ३१ विद्यालयका एक हजार ५४८ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये ८११ विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ५२.३९ प्रतिशत हो ।

सामुदायिक विद्यालयमध्ये सर्वोदय माध्यमिक विद्यालयले ८४.८५ प्रतिशत उत्तीर्ण नतिजासहित पहिलो स्थान हासिल गरेको छ । चन्द्रोदय माध्यमिक विद्यालयमा ८१.७३ प्रतिशत, त्रिभुवन माध्यमिक विद्यालयमा ८१.६३ प्रतिशत, सिद्धनाथ माध्यमिक विद्यालयमा ७३.४७ प्रतिशत तथा हसनपुर माध्यमिक विद्यालयमा ७०.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै ठेकराज माध्यमिक विद्यालयमा ६६.६७ प्रतिशत, जनता राष्ट्रिय माध्यमिक विद्यालयमा ६५.२२ प्रतिशत, बेहडाबाबा माध्यमिक विद्यालयमा ६१.९० प्रतिशत, वासुदेवी माध्यमिक विद्यालयमा ६०.५३ प्रतिशत तथा शारदा माध्यमिक विद्यालयमा ५७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयतर्फ धनगढीका ४६ विद्यालयबाट दुई हजार ७७ विद्यार्थी सहभागी भएकामध्ये एक हजार ६९९ विद्यार्थी अर्थात् ८१.८० प्रतिशत उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयमध्ये वाल्मीकि इन्टरनेशनल स्कुल, नन्दिनाज एकेडेमी, वेदान्त विद्यापीठ र गुरुकुल एकेडेमीले सतप्रतिशत नतिजा ल्याएका छन् ।

त्यसैगरी जेसीज एभरेस्ट स्कुलमा ९८.८५ प्रतिशत, ग्यालेक्सी स्कुलमा ९८.६३ प्रतिशत, किङ्गफिसर स्कुलमा ९७.७८ प्रतिशत, ग्ली एकेडेमीमा ९७.०६ प्रतिशत, डिलाइट स्कुलमा ९६.९७ प्रतिशत तथा वेर्स्टन क्रिस्टल एकेडेमीमा ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा