चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जिट बनाएर आहारा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
बाघको आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् । शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि धुरी छनोट विधिबाट आहारा प्रजातिको सङ्ख्या निकालिने उनले जानकारी दिए ।
निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघका लागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उनले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु






