सप्तरी । लालपूर्जा माग्दै आन्दोलनका विभिन्न कार्यक्रमअन्तरगत राजविराज नगरपालिकामा गरिएको तालाबन्दी मंगलबार प्रहरीले बल प्रयोग गरी तोडेको छ । दिउँसो ३ बजेतिर पुगेको प्रहरीको टोलीले नगरपालिका कार्यालय प्राङ्गणमै धर्नामा बसेका आन्दोलनकारीहरुलाई बल प्रयोग गरी हटाउँदै ताल्चा तोडेपछि तनाव उत्पन्न भएको हो ।
लालपूर्जा माग्दै अर्धनग्न जुलुस प्रदर्शन
प्रहरीले बल प्रयोग गरी आक्रोसित नगरवासीले बजार बन्द गराई नगरपालिकाका कार्यवाहक मेयर तथा प्रहरी प्रशासनबिरुद्ध चर्को नाराबाजी गरेका छन् । अर्धनग्न जुलुस प्रदर्शन गर्दै उनीहरुले ठाउँ ठाउँमा टायर बाल्दा यतायात आवागमन समेत प्रभावित बन्न पुगेको छ ।
नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको नेतृत्वमा स्थानीय कृष्ण मन्दिर परिसरबाट निस्केको अर्धनग्न जुलुस नगर परिक्रमा गरेको थियो ।
यसअघि आन्दोलनरत नगरवासीले नगरपालिका कार्यालयमा धर्ना दिएको मंगलबार १९ दिन तथा पालिकामा तालाबन्दी गरेको ९ दिने पुगेको बेला मंगलबार प्रहरीले बलपूवर्क पालिकामा लगाइएको ताला तोडेका थिए । सोहीको बिरोधमा नगरवासीले बजार बन्द गराई जुलुस प्रदर्शन गरेका छन् ।
राजविराज स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा विहीन छन ।
उक्त जग्गामा वसोवास गर्दै आएकाहरुले आफ्नै लगानीमा घर, पसल लगायतका संरचना बनाएका हुन । पुस्तौ देखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका १७ जनालाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको छ ।
नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ–ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा वसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ ।
सम्बन्धित समाचार
दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति
दूरसञ्चार प्राधिकरणमा आफ्ना मान्छे ल्याउन एनसेलको चलखेल
राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
बजेट सकारात्मक तर कार्यान्वयनमा चुनौतिः उद्योगी व्यवसायी
संसदमा रमिता छ !
महोत्तरीका १६ कामदार भारतमा बन्धक
उबरले नेपालमा औपचारिक रुपमै थाल्यो सेवा
मधेश प्रदेशमा फेला पर्यो काँडेभ्याकुर






