मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।
भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्डयन प्राविधिकरणको जोमसाम शाखा कार्यालयमा पठाइएको उनले बताए ।
ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सुरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने हुन्छ ।
त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।
मुस्ताङमा चलचित्र तथा डकुमेन्ट्री छायाङ्कनका लागि ड्रोन क्यामेरा प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोन क्योमराको आधिकारिक दर्ता विवरण र प्रशासन र एक्यापको पूर्वस्वीकृति लिनुपर्ने छ ।
सम्बन्धित समाचार
एनसेललाई आईएसओ ९००१ र १४००१ मान्यता
इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
एक करोडमा अतिथि गृह निर्माण
दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
दश महिनामा ८८ अर्ब बराबरको निर्यात
श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट






