काठमाडौं । जापानमा यसै वर्ष आयोजना हुने एशियाली खेलकूदका लागि पौडी खेलाडी छनोट विवाद अदालतसम्म पुगेको छ। खेलाडी छनोटका लागि पूर्वनिर्धारित मापदण्ड प्रतियोगिता चलिरहेकै बेला परिवर्तन गरिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ।
अधिवक्ता यशोधा अधिकारीले सर्वोच्च अदालतमा निवेदन दर्ताका लागि पेश गरेकी हुन् । उनले नेपाली पौडी संघले प्रारम्भिक छनोटलाई अन्तिम (क्वालिफिकेशन) छनोटमा रूपान्तरण गरी गैरकानूनी निर्णय गरेको दाबी गरेकी छन्। निवेदनमा खेलाडी छनोट प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
यस प्रकरणमा नेपाली पौडी संघ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले निवेदनमाथि थप अध्ययन आवश्यक रहेको जनाउँदै तत्काल दर्ता नगरेको र यस’bout छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ।
विवादको सुरुवात नेपाल पौडी संघले वैशाख १७ गते जारी गरेको सूचनाबाट भएको हो। संघले जेठ २३ र २४ गते आयोजना गरिएको तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपलाई एशियाली खेलकूदका लागि प्रारम्भिक छनोट प्रतियोगिता रहने जनाएको थियो। उक्त सूचनाअनुसार पुरुष र महिलातर्फ ८–८ जना खेलाडी प्रारम्भिक छनोट हुने र अन्तिम छनोट असारको तेस्रो सातामा हुने उल्लेख गरिएको थियो।
संघले जेठ ७ गते खेल तालिकामा केही परिवर्तन गरे पनि छनोटको मापदण्ड भने यथावत राखेको थियो। सोही आधारमा खेलाडीहरूले तयारी गरेका थिए। तर प्रतियोगिताको पहिलो दिनका सबै खेल सम्पन्न भएपछि दोस्रो दिन बिहान नयाँ सूचना जारी गर्दै तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपलाई नै एशियाली खेलकूदका लागि अन्तिम छनोट प्रतियोगिता बनाइएको घोषणा गरियो।
यसरी प्रतियोगिता आधा सम्पन्न भइसकेपछि छनोटको आधार परिवर्तन गरिएको भन्दै खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूले आपत्ति जनाएका छन्। आलोचकहरूले यसलाई पारदर्शिताविपरीत र केही खेलाडीलाई फाइदा पुर्याउने उद्देश्यले गरिएको निर्णय भएको आरोप लगाएका छन्।
नेपाल पौडी संघले भने राष्ट्रिय खेलकूद परिषद्ले ५ दिनभित्र एशियाली खेलकूदका लागि खेलाडीको नाम सिफारिस गर्न निर्देशन दिएपछि बाध्य भएर निर्णय परिवर्तन गर्नुपरेको जनाएको छ। परिषदबाट जेठ २२ गते पठाइएको पत्रका आधारमा नयाँ निर्णय गरिएको संघको भनाइ छ।
तर परिषद्को उक्त पत्र नै विवादको अर्को विषय बनेको छ। खेलकूद क्षेत्रका सरोकारवालाहरूले किन एकाएक पाँच दिनभित्र नाम पठाउन भनियो र प्रतियोगिता सुरु हुनुअघि निर्णय नगरी खेल चलिरहेकै अवस्थामा मापदण्ड किन परिवर्तन गरियो भन्ने प्रश्न उठाएका छन्।






सम्बन्धित समाचार
श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता
आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
मकाउमा रविन्द्र ढाँटलाई भव्य सम्मान
साफ महिला च्याम्पियनसिप सेमिफाइनल
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो
ओपनिङ ब्याटर भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक
एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड






