समाचारको विषयमा पालिका अध्यक्ष थापाले दिए पत्रकारलाई धम्की

काठमाडौं । नेपाल पत्रकार महासंघले बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पत्रकार खेमराज गौतम ‘सुवास’ लाई धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

२०८३ जेठ २८ गते आदर्श समाचार डटकममा समाचार प्रकाशित भएकोे निहुँमा सम्पादकसमेत रहेका गौतमलाई थापाले फोन र म्यासेज गरी धम्क्याएको महासंघ बागलुङ शाखाले जनाएको छ।

‘समाचारप्रति गुनासो भए प्रचलित विधिअनुसार समाधान नखोजेर जिम्मेवार जनप्रतिनिधिबाट भएको यो हर्कतलाई महासंघले प्रेसविरोधी र गैरजिम्मेवार कदमका रुपमा लिएको छ’ महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘महासंघ यो कार्यको निन्दा गर्दछ। र, आगामी दिनमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै