डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा उनको कोरोना परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा जिल्लाका कोभिड १९ सम्र्पक व्यक्ति भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले बताए ।
शौचालयबाट क्वारेन्टाइन पुग्दा एक्कासी बिरामी भएकी ती महिलालाई एम्बुलेन्समा राख्ने व्यक्ति नहुँदा गन्यापधुरा गाउँपालिका १ को असिग्राम आधारभुत विद्यालय रैनाकोट रुवाखोलाको क्वारेन्टाइनभित्रै मृत्यु भएको थियो ।
मृतक महिलाको बुधबार स्वाब संकलन गरी परिक्षणका लागी पठाएपछि सोही दिन मृतकको महिलाको शव दाहसंस्कारका लागि सेती नदि किनार लगेको गन्यापधुरा गाउँपालिका सुचना प्रविधि अधिकृत शिव महताले जानकारी गराएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)






