कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौं । कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षाफल प्रकाशित गरेको हो।

सार्वजनिक परिणामअनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१।९१ प्रतिशत मात्र ग्रेडेड अर्थात् उत्तीर्ण हुँदा ४९.०९ प्रतिशत नन ग्रेडेड भएका छन्। यो गतवर्षभन्दा तीन प्रतिशत बढेको हो।

परीक्षा सम्पन्न भएको ८० दिनमा नतिजा प्रकाशित भएको हो। देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता