रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा उम्मेदवारी दर्ता गर्दा ५१ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनमा सभापति पदका लागि एकजना प्रस्तावक र ५१ जना समर्थक चाहिने व्यवस्था गरेको हो ।प्रस्तावक र समर्थकको नाम, ठेगाना, फोन नम्बर र हस्ताक्षर अनिवार्य गरिएको छ ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन दाखिला गर्दा एकजना प्रस्तावक र २१ जना समर्थकको नाम, हस्ताक्षर र फोन नम्बर बुझाउनुपर्ने छ । प्रस्तावकले एकजनाभन्दा बढी उम्मेदवारको प्रस्तावक बस्न नपाइने भए पनि समर्थक भने बस्न पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको नगरसभाबाट थारू र रानाथारू समुदायका परम्परागत भलमन्सा–पधना प्रथा संरक्षणसम्बन्धी विधेयक पास