Tuesday, December 1, 2020
Home Editor-Picks अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

काठमाडौं । मुलुकमा संघीय शासन स्थापना भएको साढे चार वर्षपछि बल्ल प्रहरीको पुनर्संरचना गरिएको छ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो । सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रहरी देखिनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार प्रमाणीकरण भएको सो ऐन आगामी ६ फागुनदेखि कार्यान्वयनमा आएपछि नेपाल प्रहरी र प्रदेश प्रहरी गरी दुई प्रहरी संगठन अस्तित्वमा आउनेछन् । नेपाल प्रहरी केन्द्रीय सरकार मातहत रही संघीय कानुनबमोजिम गठन र सञ्चालन हुनेछ भने प्रदेश प्रहरी प्रदेश सरकार मातहत रही प्रदेश कानुनबमोजिम गठन र सञ्चालन हुनेछ ।

सातवटै प्रदेशमा प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयअन्तर्गत प्रदेश प्रहरी संगठन रहनेछ । प्रदेश प्रहरी संगठनसमेत समावेशी स्वरूपको हुने कानुनी व्यवस्था गरिएको छ ।

प्रहरी ऐनअनुसार अब प्रदेश सरकारले आफैं प्रहरी नियुक्त गर्नेछ, त्यसका लागि प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्त गर्नुपर्ने पदमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा प्रहरीहरू नियुक्त हुनेछन् । प्रदेश प्रहरीमा नियुक्त हुने प्रहरी कर्मचारीले योगदानमा आधारित सेवानिवृत्त सुविधा पाउनेछन् । तर, हाल प्रदेशका लागि चाहिने कर्मचारी भने केन्द्रको प्रहरी संगठनबाटै समायोजन भएर जानेछन् ।

प्रदेश प्रहरीको पदमा नियुक्तिका लागि आवश्यक पर्ने योग्यता, पदपूर्ति प्रक्रिया, परीक्षाको पाठ्यक्रम तथा परीक्षा प्रणाली नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीका लागि निर्धारण भएसरह हुने व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरीले लगाउने पोसाकमा प्रदेश सरकारले निर्धारण गरेबमोजिम नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्कने कुनै चिन्ह वा लोगो राखिने भएको छ ।

प्रदेश प्रहरीको कमान्ड केन्द्रीय प्रतिनिधिबाटै
नयाँ कानुनी व्यवस्थाअनुसार केन्द्रीय सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउनेछ । तर, केन्द्रीय सरकारले खटाएको भए पनि उनले प्रदेशमा रहँदा प्रदेश प्रहरीकै पोसाक र दज्र्यानी चिन्ह लगाउनु पर्नेछ ।

यस्ता छन् प्रदेश प्रहरीका काम र कर्तव्य
प्रदेशभित्र शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम गर्नु प्रदेश प्रहरीको मुख्य काम हुनेछ । प्रदेशभित्र नागरिकको जीउ, धनको सुरक्षा गरी नागरिक स्वतन्त्रताको संरक्षण र सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउनु प्रदेश प्रहरीको कर्तव्य हुनेछ । यसैगरी, नेपाल सरकार वा प्रदेश सरकारले तोकेका प्रदेशभित्रका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय वा आयोजनाको सुरक्षा गर्ने, प्रदेशभित्र यातायात, भवन, संरचना र अन्य सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा गर्ने, प्रदेशभित्र अपराध रोकथाम र नियन्त्रणका लागि कानुनबमोजिम आवश्यक उपाय अवलम्बन गर्ने लगायत छन् । यसैगरी, विपद् व्यवस्थापन, प्रदेशका अपराधसम्बन्धी अभिलेख, प्रदेश कारागारको व्यवस्थापन गर्ने, छुट्टै ट्राफिक प्रहरी व्यवस्थापन, सामुदायिक प्रहरीको स्थापना गर्ने लगायत कार्य पनि प्रदेश प्रहरीले नै गर्नेछन् ।

यो पनि पढ्नुहोस   डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

सीडीओले प्रदेश प्रहरी परिचालन गर्ने
७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाभित्र शान्ति र सुरक्षा कायम गराउन प्रचलित कानुनबमोजिम प्रदेश प्रहरी परिचालन गर्न सक्ने व्यवस्था नया ऐनमा गरिएको छ । तर, प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशको आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार मात्रै प्रदेश प्रहरी खटाउन सक्नेछन् ।

प्रहरी समन्वय समिति
नयाँ कानुनअनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीबीच समन्वय गर्न केन्द्रीय सरकारका गृहमन्त्रीको अध्यक्षतामा प्रहरी समन्वय समिति गठन गरिनेछ । पारिश्रमिक र सुविधामा केन्द्रले मापदण्ड बनाउने नयाँ ऐनअनुसार प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा सम्बन्धमा नेपाल सरकारले मापदण्ड बनाउने व्यवस्था गरिएको छ । यसैगरी, नेपाल प्रहरी र प्रदेश सरकारले प्रयोग गर्ने हतियार खरखजाना तथा सञ्चार साधन र सोको प्रयोगबारे पनि केन्द्र सरकारले मापदण्ड बनाउने व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरीले अनुसन्धान गर्ने क्षेत्र
नयाँ कानुनी व्यवस्थाअनुसार प्रदेश प्रहरीले आफ्नो प्रदेशभित्र भएका नेपाल सरकार वादी हुने अन्य र थप कसुर सम्बन्धमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न पाउने प्रावधान राखिएको छ । जसअनुसार प्रदेश प्रहरीले अनुसन्धान गरेको कसुरसम्बन्धी अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकिलसमक्ष पेस गर्नुपर्नेछ । यसैगरी, प्रदेश प्रहरीले अपराध अनुसन्धान गरेको मुद्दासम्बन्धी मासिक प्रतिवेदन तयार गरी प्रदेशको आन्तरिक मामिला मन्त्रालय, केन्द्रीय प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

साताका लोकप्रिय समाचार

उच्च ओहदाका को कति व्यक्ति प्रभावित !

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

ट्रेन्डिङ

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

कोरोना, अमेरिका र डब्लूएचओ

कोरोना महामारीको कारण विश्वमा व्याप्त त्रास कायमै छ । ठूलो मानवीय क्षति गराएको यस महामारीले विश्वको आर्थिक, सामाजिक तथा सबै खालका गतिविधि...

हाभेट्जको कीर्तिमान

म्युनिख । युवा स्टार काई हाभेर्ट्जको कीर्तिमानी गोलमा बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा फ्रेइवर्गमाथि १–० को झिनो जित निकालेको छ । लिभरकुसेनले फ्रेइवर्गमाथि १–०...

अपरिपक्वताले ल्याएको बुद्धिमता

पोपले भनेका थिए, ‘आफ्नो भूल स्वीकार गर्न कहिल्यै पनि लाज मान्नुहुन्न । यसको मतलब हो, हिजोभन्दा आज बुद्धिमान बन्नु ।’ यही उद्गार अहिले हाम्रो...

कांग्रेसले प्रदेशसभाको बैठक अवरुद्ध गर्ने

बुटवल । कांग्रेसले प्रदेशसभाको आज बस्ने बैठक अवरुद्ध गर्ने भएको छ । सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको हो । प्रदेशसभामा...

भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार...

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त...

सुआरेज मड्रिडमा अनुबन्धित

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

भर्खरै

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

धेरै पढिएका

इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

असाधारण खेलाडी, विवादित जीवनशैली

ब्युनर्स आयर्स । होचो कद, मोटो शरीर, मात्र ५ फिट ५ इन्चको उचाइका म्यारोडोना कुनै सामान्य खेलाडी थिएनन् । म्यारोडोनासँग चतु¥याइँ, गति, तीक्ष्ण नजर,...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   १३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

(Visited 90 times, 1 visits today)