खुटिया–दिपायल द्रुतमार्गका लागि हस्ताक्षर अभियानमा धनगढी उपमहानगरको साथ

धनगढी । खुटिया–दिपायल द्रुतमार्ग निर्माणको मागलाई थप सशक्त बनाउन सञ्चालन भइरहेको हस्ताक्षर अभियानका लागि धनगढी उपमहानगरपालिकाले डोटीस्थित शैलेश्वरी मन्दिर गुठीलाई ११ वटा रजिस्टर सहयोग गरेको छ ।

सोमबार नगर प्रमुख गोपाल हमालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले गुठीका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका मूल पुजारी प्रेमसागर भट्टलाई रजिस्टर हस्तान्तरण गरेका हुन् ।

जेठ शुक्ल पूर्णिमादेखि शैलेश्वरी मन्दिर परिसरबाट खुटिया–दिपायल द्रुतमार्ग निर्माणको माग गर्दै सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले रजिस्टर उपलब्ध गराएको जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार द्रुतमार्ग निर्माणले डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित करिब दुई लाख २० हजार जनाको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ ।

आगामी माघमा आयोजना हुने कोटीहोम महायज्ञमा ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले त्यही अवसरमा हस्ताक्षर संकलनलाई तीव्रता दिन रजिस्टर सहयोग गरिएको जनाइएको छ ।

रजिस्टर सहयोगप्रति शैलेश्वरी मन्दिर गुठीका अध्यक्ष तथा मूल पुजारी प्रेमसागर भट्टले धनगढी उपमहानगरपालिकाप्रति आभार व्यक्त गर्दै द्रुतमार्ग निर्माणको मागलाई जनस्तरसम्म पुर्‍याउन यसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता