काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए ।
त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)
सम्बन्धित समाचार
नेदरल्यान्ड पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
हाल्यान्डको २ गोलमा ब्राजिल स्तब्ध, (ब्राजिल १–२ नर्बे)
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ टोलीको टाइटल स्पोन्सर
अर्जेन्टिनाको रोमाञ्चक जित
पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा






