Saturday, April 17, 2021
Home Editor-Picks नियोग र दूतावास पुनर्संरचना नहुँदा राज्यलाई वार्षिक करोडौं व्ययभार

नियोग र दूतावास पुनर्संरचना नहुँदा राज्यलाई वार्षिक करोडौं व्ययभार

,

काठमाडौं । सरकारले विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाको काम अलपत्र पार्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ । कतिपय स्थानमा दूतावासको कामै नभए पनि ती दूतावास रहिरहँदा राज्यकोषमा अनावश्यक रूपमा करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ ।

कोभिड–१९ का कारण बढ्दो संकट निवारण गर्न सरकारले अनावश्यक दूतावास खारेज गरी करोडौं रुपैयाँ जोगाउनुपर्ने आवश्यकता बढेको छ । सरकारले मितव्ययी नीति लिए पनि ती राजदूतावास हटाउन पहल नगर्दा मितव्ययी नीतिमाथि नै प्रश्न सिर्जना भएको छ ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट २१ मंसिर २०७५ मा पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले क्यानडा, स्पेन, डेनमार्क र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको थियो । यस्तै, ब्राजिल, इजिप्ट र म्यानमारमा रहेका दूतावासको समेत काम नभएकाले ती दुतावास समेत हटाएर खर्चमा मितव्ययिता कायम गर्नुपर्ने सुझाव परराष्ट्र क्षेत्रका जानकारहरुको छ ।

आवश्यक र औचित्यका आधारमा मात्रै दूतावास राख्ने नीति परराष्ट्र मन्त्रालयले लिएको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । दूतावास हटाउने प्रस्ताव कार्यान्वयनमा आउन नसक्दा बर्सेनि करोडौं रुपैयाँ घर भाडा र कर्मचारीको तलबभत्तामा खर्च हुँदै आइरहेको छ ।

डेनमार्कले सन् २०१७ बाटै नेपालबाट दूतावास हटाएकाले डेनमार्कमा रहेको नियोगको विषयमा विचार गर्न भनिएको थियो । कोपनहेगनबाट नेपाली दूतावास फिनल्यान्ड वा नर्वे सार्न सुझाव दिइएको थियो । यी सबै मुलुकमा नेपालले भाडाको घरमा दूतावास चलाउँदै आएको छ । जसबाट बर्सेनि करोडौं रुपैयाँ राज्यलाई व्ययभार पर्दै आइरहेको छ । डेनमार्कमा नेपालीको संख्या ५ हजार मात्रै छ, हाल तीन कूटनीतिक कर्मचारी छन् । क्यानडाले भारतबाटै नेपालको काम हेर्दै आइरहेको छ ।

कार्यदलले ती देशमा दूतावास राख्नुको औचित्य नभएको भन्दै हटाउन प्रस्ताव गरेको थियो । आवश्यक नभएको ठाउँबाट दूतावास हटाउने प्रस्ताव कार्यान्वयनमा नआउँदा राज्यले बर्सेनि करोडौं रकम दूतावासमा खर्च गर्दै आइरहेको छ । दूतावासमा रहेका कर्मचारीले औसतमा मासिक २ हजार डलर भत्तास्वरूप पाउँदै आइरहेका छन् भने परिवारका सदस्यलाई समेत भत्ता दिने गरिएको छ । यसैगरी, स्वास्थ्य शिक्षाको नाममा छुटै भत्तासमेत दिने गरिएको छ ।

सरकारले दूतावास र नियोगको घरभाडामा मात्रै ८० करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ । यो क्रम बर्सेनि बढिरहेको तथ्यांकले देखाउँछ । दूतावास र नियोगको घरभाडा खर्च आर्थिक वर्ष २०७०/७१ मा ४४ करोड थियो । २०७१/७२ मा ५७ करोड, २०७२/७३ मा ६५ करोड, २०७३/७४ मा ६८ करोड ५६ लाख र २०७४/७५ मा ७४ करोड ७७ लाख छ । २०७५/७६ मा ८० करोड रुपैयाँ छ । यो आँकडा हेर्दा दूतावासको खर्च निकै बढ्दो छ ।

नेपालका ६ वटा वाणिज्य दूतावास रहेका सामान्य कार्यालय छन् भने ३३ वटा दूतावास छन्, जसमा संयुक्त राष्ट्रसंघका लागि तीन स्थायी मिसन न्युयोर्क, जेनेभा र भियनामा छन् । परराष्ट्र मन्त्रालयले २ अर्ब रुपैयाँ बजेट छुट्ट्याउँदै आएको छ, जुन राज्यको कुल बजेटको शून्य दशमलव १ प्रतिशत हुन आउँछ । तर, छुट्याइएको बजेट रकम विदेशमा रहेका नेपाली नियोगको कार्यालय भाडा र आवासमा खर्च हुँदै आएको छ । नेपालले विश्वभर आफ्ना दूतावास सञ्चालनका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार घरभाडा दर बढाउनुपरे अर्थ मन्त्रालयको सहमति लिनुपर्छ  । कोलम्बो (श्रीलंका), बेइजिङ (चीन), मस्कट (ओमान), तेलअभिभ (इजरायल) दूतावास र चीनस्थित नेपाली महावाणिज्य दूतावासहरू हङकङ र ग्वान्जाओले अर्थ मन्त्रालयको सहमतिबेगर २०७५ सालमा घरभाडा वृद्धि गरी ६५ लाख ९५ हजार रुपैयाँ थप खर्च गरेका छन् ।

नेपाली दूतावास बैंककले मात्र ४५ करोड ७४ लाखमा भवन खरिद ग¥यो र बाँकी रकममध्येबाट १ करोड ९८ लाख ३४ हजार रकमान्तर गरी सवारीसाधन किनेका छन् । २०७४ सालमा पनि भवन खरिदमा १ अर्ब ९५ करोड ६५ लाख बजेट व्यवस्था भएकामा १६ करोड ६६ लाख रकमान्तर गरी नियोगहरूले सवारीसाधन, फर्निचर, मेसिनरी औजारलगायत खरिद गरेको पाइएको छ ।

देशबाहिर कति छन् कूटनीतिक कर्मचारी ?

परराष्ट्रका १ सय ४८ दरबन्दीमध्ये विदेशमा १ सय ३३ कर्मचारी कार्यरत छन् । चार सहसचिव, २८ उपसचिव, ४८ शाखा अधिकृत र ५३ नासु कार्यरत छन् । अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा सात प्रदेशमा जम्मा १० अधिकृत गरी जम्मा १ सय ५८ दरबन्दी छ । परराष्ट्रबाहिरका जम्मा ४३ कर्मचारी पनि देशबाहिरका नियोगमा कार्यरत छन् ।
यीमध्ये सहसचिवस्तरीय १६, उपसचिव ११, शाखा अधिकृत ११ र नासु पाँच छन् । सहसचिवमध्ये महावाणिज्यदूत पाँच, मिनिस्टर इकोनोमिक पाँच, सैनिक सहचारी सात, प्रहरी अधिकृत एक र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत एक जना छन् ।

(Visited 182 times, 1 visits today)
Loading comments...

आजको समाचार

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

साताका लोकप्रिय समाचार

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

किरण धनगढीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी फुटबल एफसीमा आबद्ध भएका...

ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ गम्भीर

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहानै ५ बजेतिर जयपृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको...

कलैया अस्पतालका मेडिकल सुपरिडेन्टमाथि जाहेरी

बारा । कलैया अस्पतालको मेडिकल सुपरिडेन्टमाथि जिल्ला प्रहरी कार्यलयमा जाहेरी परेको छ । बाराको एक मात्र जिल्ला अस्पताल कलैयाका मेडिकल सुपरिडेन्ट विरेन्द्र मण्डलमाथि जाहेरी...

झुण्डिएको अवस्थामा फेला परिन् कविता

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाकी १८ वर्षीया कबिताकुमार राय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सुत्ने कोठामा साडीको...

पोखरीमा डुबेर महिलाको मृत्यु

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी...

तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७...

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

चन्द्र शर्मासँग जानुकाको उखु गुलियो

काठमाडौं । लोकदोहोरी गायिका जानुका तामाङ यतिबेला नयाँ लोकदोहोरी झ्याउरे भाका उखु गुलियो...लिएर दर्शकश्रोता माझ आएकी छन् । आधा दशकदेखि गायनमा सक्रिय जानुकाको यो...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कांग्रेस र जसपाको निष्कर्ष : कुर्सी जोगाउन चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले कुर्सी जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेको निष्कर्ष...

राज्य सिर्जित विभेद

विश्व परिदृश्यमा नै समाजको चरित्र विभेदजन्य छ । मानव सभ्यता जब ढुंगे युगबाट कृषियुगमा प्रवेश ग¥यो, तब समाजमा विभेद र थिचोमिचो सुरु भयो ।...

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै...

दाङमा भोलिबाट बजार र सार्वजनिक यातायात सञ्चालनमा हुने

तुलसीपुर । दाङमा भोलिबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)