एपीएफद्वारा उपाधिमा ह्याट्रिक

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो ।

यस्तै, एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ सिल्ड कब्जा गरेको छ । ढोरपाटन लिगमा सातपटकको च्याम्पियन बनेको एपीएफले १३औं र १४औं संस्करणको च्याम्पियन बनेको थियो ।

त्यसअघि एपीएफले आठौंदेखि ११औं संस्करणसम्म च्याम्पियन बन्दै रनिङ सिल्ड कब्जा गरेको थियो । एपीएफपछि पोखराको ज्ञानुबाबा स्कुलले सर्वाधिक पाँचपटक ढोरपाटन लिग जितेका छन् । ज्ञानुबावा दोस्रोदेखि छैटांै संस्करणसम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौंमा पुलिस च्याम्पियन बनेको थियो । १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुँदा आर्मीले बाजी मारेको थियो ।

यस्तै, एपीएफ यो सिजनको पाँचांै उपाधि जित्न सफल भएको छ । एपीएफले यो सिजन आठौं राष्ट्रिय खेलकुद, शेरबहादुर स्मृति भलिबल, न्यु डायमन्ड कप र एनभीए क्लब च्याम्पियनसिप जितेको थियो । एपीएफसँग पराजित भएसँगै पुलिसको वर्षको दोस्रो उपाधि जित्ने सपना चकनाचुर बन्यो । पुलिसले यो सिजन पोखराको लामाचौरमा सम्पन्न तीज भलिबलको उपाधि जितेको थियो । लिगको १४ खेलपछि अपराजित रहेको एपीएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो ।

नयाँ बासपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको भलिबल कोर्टमा बुधबार एपीएफ र पुलिसबीचको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि एपीएफले सहज जित निकाल्न सफल भयो । सुरुवातमा पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा सुरुवातमै फराकिलो अग्रता लिएर पुलिसले पुनरागमन प्रयास गरे पनि एपीएफ २५–२१ ले नै विजयी हुन सफल भयो । तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपीएफ च्याम्पियन बन्न सफल भयो ।

त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । मुख्य स्पाइकर प्रतिभा मालीबिना कोर्टमा उत्रिएको डायमन्ड यसपटक निकै फिका देखिएको थियो । प्रतिभाको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१, २५–१४ र २५–१४ ले पराजित भयो । उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपैयाँ हात पा¥यो । दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पा-यो ।

पाँचाैं भएको चितवनले ५५ हजार तथा छैटौं भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो । चार विधा सर्वाेत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी तथा ग्रेट अचिभमेन्ट हुने खेलाडीले यूएम स्कुटर हात पारिन् । यस्तै, लक्की ‘ड्र’बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे । व्यक्तिगत विधातर्फका उत्कृष्ट हुनेले समान ७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, नेदरल्यान्ड भलिबलका डेभलपमेन्ट म्यानेजर पिटर भान तरेल, ढोरपाटन क्लबका अध्यक्ष तथा संघका सचिव मनवीर छन्त्याललगायतले पुरस्कृत गरे । गत १६ माघबाट सुरु भएको प्रतियोगितामा १० टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो राउन्डमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)