तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई नियमित वा स्वाभाविक प्रक्रियाका रूपमा हत्कडी लगाउने अभ्यास रोक्न प्रहरी प्रधान कार्यालयका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले जोखिमपूर्ण तीन अवस्थाबाहेक पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन आदेश दिएको हो। हत्कडीको प्रयोगविरुद्ध दायर रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त आदेश कार्यान्वयन गर्न भनिएको छ।

तीन अवस्थामा मात्र हत्कडी लगाउन सकिने
सर्वोच्चले पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक देखिएमा वा उसले आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्था भएमा मात्र हत्कडी प्रयोग गर्न सकिने स्पष्ट गरेको छ।

त्यस्तो अवस्था रहे/नरहेको विषयमा प्रहरी अधिकारीले वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने आदेशमा उल्लेख छ। सामान्य अवस्था वा अनुमानका आधारमा हत्कडी लगाउन नपाइने सर्वोच्चको आदेश छ।

“खतरासमेतको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरी अधिकारीलाई कानूनले प्रदान गरेको जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नका लागि हतकडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिएमा मात्र सोको अभिलेख राखी हतकडी लगाउन सक्ने,” आदेशमा भनिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश