न्युयोर्क । जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ ।
खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँ) सम्म पुगेको छ । लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फाइनललाई अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगिता मानिएको छ ।
शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री प्लेटफर्ममा झण्डै सबै टिकट बिक्री भइसकेका थिए। त्यहाँ उपलब्ध केही टिकटको मूल्य करिब ३२ हजार अमेरिकी डलर (४९ लाख रुपैयाँ) थियो ।
तर शनिबारसम्म आधिकारिक बिक्रीका लागि कुनै टिकट बाँकी रहेन। पुनर्बिक्री प्लेटफर्ममा भने टिकटको मूल्य १० हजार डलरभन्दा कमदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ।
सम्बन्धित समाचार
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
अर्जेन्टिनाको रोमाञ्चक जित
मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा
स्वीट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने
हामीलाई कसैले जिताइरहेको छैन, हाम्रो प्रदर्शनले नै यहाँसम्म ल्याएको हो : मेस्सी
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो






