जसपा नेपालका केन्द्रीय सदस्य काँग्रेसमा

राजविराज । जसपा नेपालका केन्द्रीय सदस्य एवं राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले बुधबार पार्टी परित्याग गरेका छन् । बुधबार नै उनी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

४४औं बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराज स्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामपल्टन साह, पार्टीका मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, जिल्ला सभापति रामदेव साह, पूर्वमन्त्री तेजुलाल चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, भूपेन्द्र यादव, उमेश मिश्र, बद्री महात्मान लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

यसअघि चौधरी नेपाली काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि भएका थिए । विद्यार्थी जिवनकालमा २०३० सालमा नेवि संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी पछि गएर मधेशवादी विद्यार्थी संगठन हुँदै मधेशवादी दलमा प्रवेश गरेका थिए ।

चौधरीले समय, अनुभव, अनुभूती र जनताको चाहना अनुसार आफू नेपाली काँग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका छन् । उनले नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्न काँग्रेस रोजेको बताउँदै यसलाई बलियो बनाउन निस्वार्थ ढंगले काम गर्ने प्रतिवद्धता समेत जनाए । “म कुनै व्यक्ति विशेषको सबैको साझा मान्छे भई काम गर्न चाहेको छु, उनले भने– सबै मिलेर अघि बढ्यौं भने काँग्रेसलाई पुनः शक्तिशाली बनाउन धेरै समय कुर्नु पर्दैन ।”

चौधरीको प्रवेशले काँग्रेका स्थानिय नेता कार्यकर्ता उत्साहित देखिएका छन् भने जसपा नेपाललाई राजनीतिक रुपमा ठूलो घाटा हुन सक्ने राजनैतिक विश्लेषकहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने