काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले विशेष पहल जारी राखेको बताएका छन् ।
केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् ।
सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीले पर्याप्त पहल गरिरहेको उनको भनाइ छ ।
‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ,’ अर्थमन्त्रीले सर्वदलीय बैठकमा भने, ‘उनकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ । राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’
सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए ।
सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई अवगत गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
सरकारीबाहेकका मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय खारेज
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री
प्रदेशमा पुराना दलबीच नयाँ गठबन्धनको गृहकार्य
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही
अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र
गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाइदिए
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति






