काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठ छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार लाजिम्पाटस्थित बलिउड डान्स क्लबबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेको पनि जनाइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)
सम्बन्धित समाचार
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी, अनिश्चितकालीन आन्दोलनको चेतावनी
सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति






