लकडाउनको मोडालिटी परिवर्तन’bout सरकार नै अलमलमा

काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ ।

मन्त्रिपरिषद्को गत १७ जेठमा बसेको बैठकले पछिल्लोपटक ३२ जेठसम्म लकडाउन अवधि बढाउँदै क्षेत्रगत रूपमा खुकुलो बनाउने र कडाइ गर्ने जिम्मा समन्वय समितिलाई दिएको थियो । पुनः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेस गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको थियोे । समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको थियो । बैठकले कुनै निर्णय गर्न नसकेपछि कस्तो मोडालिटी तय गर्न सकिन्छ भनेर त्यसको तयारीको जिम्मेवारी समितिलाई दिएको थियो । मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेस गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा विभिन्न विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले गत बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए भने कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि अघिल्लो मंगलबारदेखि निरन्तर विज्ञहरूसँग छलफल गर्दै आएको छ । तर, अहिलेसम्म लकडाउनको स्वरूप कस्तो बनाउने भन्नेमा भने सरकार पुग्न सकेको छैन ।

सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो । देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पु¥याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधि थपेको छ ।

सरकारले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी