काठमाडौं । ललितपुर गोदावारी–३ टौखेलका अमित शाही (३५) को गएराति हत्या भएको छ । उनका भान्जा राजकिरण शाहीले टिपाएको समाचार अनुसार अमित शाही राति ११ बजेसम्म श्रीमतिसँगै थिए । त्यसपछि एकाएक गायब भएका अमितको शब बिहान ४ बजे मकैबारीमा खुट्टा बाँधेर फालिएको अवस्थामा भटिएको राजकिरणले बताए । घटनास्थल प्रहरीले सिल गरेको छ भने हत्या गरिएका शाहीको शब टाढाबाट हेर्दा घाँटीमा धारिलो चक्कु प्रहार गरिएको जस्तो देखिने राजकिरणले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)