रौतहटमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ करिब ६ बजे तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी डीएसपी शंकर प्रसाद आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियासहितको टोली घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई शंकास्पद देखिएपछि प्रहरीले मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धान अगाडि बढ्दै जाँदा उनले आफ्नै हजुरआमाको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका साहिद शेखमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटना’bout थप कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो