काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने भण्डारीले विश्वास व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन् ।
उनले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन् । पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको उल्लेख गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो । साथै हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि संघर्षको कठिन बाटो रोजेको बताए । उनीहरू जस्तै अग्रजको त्याग र समर्पणबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
अख्तियारबाट खोसिदै नक्कली प्रमाणपत्र अनुसन्धान अधिकार
बागमती सरकारबाट बाहिरियो एमाले
दूरसञ्चार कानुन र मन्त्रिपरिषद्का निर्णय अदालतको आदेशलाई एनसेलको चुनौती
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै






