रातिदेखि किन हिरासतमा छन् मेडिकल व्यवसायी दुर्गा प्रसाईं ?

भक्तपुर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ । हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।

राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो । भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताए ।

शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै