सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज सोमबार बिहान १० बजेदेखि पूर्णरूपमा हटाएको छ । स्थिति सहज बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा पूर्णरुपमा हटाएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कफ्र्यु तथा निषेधाज्ञा जारी गरिएको थियो ।
सप्तरी प्रशासनले जिल्लामा हाल शान्ति–सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन पनि सबैसँग अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)
सम्बन्धित समाचार
आज विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने संकेत
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त






