पहिरो प्रभावमा कालिका मावि, अस्थायी टहरामा पठनपाठन

संखुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा असारमा आएको बाढी पहिरोबाट क्षति भएको कालिका माध्यमिक विद्यालयमा अस्थायी हटरा निर्माण गरेर पठनपाठन सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले बैठकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, सरुवा रोग नियन्त्रण, पहिरोबाट क्षतिग्रस्त विद्यालयका लागि अस्थायी संरचना निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गत असार १३ गते आएको बाढी र पहिरोका कारण क्षति भएको कालिका माध्यमिक विद्यालयमा नियमित पठनपाठन सुचारु गराउने अस्थायी हटरा निर्माण गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले कालिका माध्यमिक विद्यालयमा तत्काल अस्थायी टहरा निर्माण गरी पठनपाठन सञ्चालन गर्न आवश्यक सामग्री उपलब्ध गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशमा सिफारिस गर्ने निर्णय गरिएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए ।

पहिरोले कालिका माध्यमिक विद्यालय भवन र भौतिक सामग्रीमा क्षति पु¥याएपछि उक्त विद्यालयमा अध्ययनरत १ सय ७० विद्यार्थीको पठनपाठन असार महिनादेखि प्रभावित भएको छ । बाढी पहिरोले सिलिचोङ—१ सिसुवामा मात्रै ३७ घर परिवार विस्थापित भएका थिए ।

बाढीपहिरोका कारण सिलिचोङमा दुई ओटा स्वास्थ्य संस्था, तीन ओटा विद्यालय र एक ओटा रेडक्रस भवनमा क्षति पुगेको थियो । पीडित स्थानीयले आफूहरूको सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बाढी पहिरोबाट ३७ स्थानमा अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू