महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९, डुमरवानास्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन्।

मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका-५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका हुन्।

घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता