कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार सीईओ निरजविक्रम शाह, बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पक्राउ परेका हुन्। सीईओ शाहको घर पनि सोही ठाउँ हो।

उनीहरू बैंकिङ कसुरको मुद्दामा फरार थिए। उनीहरुलाई थप कारबाहीका लागि शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।

बैंक समस्याग्रस्त घोषित गर्दै नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन हेरेको थियो। सोही व्यवस्थापन समूहका जुगल किशोर कुशहवाको जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो। सुरुमा पक्राउ नगरी अनुसन्धान गरिए पनि अहिले भने उनीहरुलाई अदालतमा बुझाइएको हो।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

ओपनएआईले रोक्यो एआई मोडलको विकास, निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको सार्वजनिक