इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट

वासिङ्टन । इरान र ओमानबीच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्तापछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन् ।

नाम नछाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरूबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा गरेको जनाएको छ ।

अधिकारीले व्यावसायिक ढुवानी पुनस्र्थापना गर्ने सम्झौता घोषणा भएपछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउनेसमेत बताएको रोयटर्सले उल्लेख गरेको छ ।

आगामी कदमहरू इरानले आफ्ना दायित्वहरू कसरी पूरा गर्छ भन्ने विषयमा निर्भर हुने कुरामा जोड दिँदै अधिकारीले इरानले आफ्ना प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने अमेरिकी अपेक्षा व्यक्त गरेका छन् ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलमार्ग संयुक्त राज्य अमेरिका र इरानबीचको वार्ता सम्भावित सम्झौताको नजिक पुग्दा इन्धनको मूल्य घट्न सक्ने आशा व्यक्त गरेका थिए ।

फक्स न्यूजका अनुसार, वार्ताको प्रगतिले तेल ढुवानीका लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुजलाई स्थिर बनाउन मद्दत गर्ने र वार्ता सफल भए पेट्रोलको मूल्य कम हुने आशा बढेको छ ।

राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार भण्डारण सुरक्षित गर्न नहुने अमेरिकी अडान कायम राख्दै ओभल अफिसमा पत्रकारहरूसँग इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । केही सुरक्षा चिन्ताका विषयहरूमा अझै सहमति हनु बाँकी भए पनि छलफलमा सकरात्मक प्रगति भइरहेको उनले बताएका छन् ।

होर्मुज जलमार्गमा निर्वाद आवागमनको सुरक्षा सुनिश्चितता कायम भए पछि अमेरिकी नौ–सेनाको नेतृत्वमा भएको नाकाबन्दी नियन्त्रण गर्ने तयारी गरिरहेको पनि उनले बताएका छन् ।

अर्कोतर्फ, इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद एबन–ए–रेजाले देशको सशस्त्र बलहरू कुनै पनि बाह्य खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको र इरानको सैन्य शक्ति यसको स्वदेशी रक्षा उद्योगमा निहित रहेको कुरामा जोड दिएको इरानको इराना समाचार एजेन्सीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने