काठमाडौं । यही साउन २३ गते बिहान १० देखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् । सो अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।
सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित ३८ लाख ४७ हजार ५०० रुपैयाँबराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।
यसैबीच, गत १ वैशाखदेखि यही २४ साउनसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन् ।
सम्बन्धित समाचार
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
एकैदिन विपद्का ४२ घटना
केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
लुकाएर राखिएको १३ सिलिण्डर ग्यास भेटियो, तिराइयो ५० हजार रुपैयाँ जरिवाना






