काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । यस्तै, ६ वटा अरू घर गोठ पनि पुरिएका छन् ।
प्रहरीका अनुसार, पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत अवस्थामा रहेका उनीहरुलाई निकाल्न सक्ने अवस्था छैन ।
पहिरोका कारण २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ । सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय उवाबाट राति सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
बज्रधातु चैत्यकोे सार्वजनिक जग्गा व्यक्तिको नाममा
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
जनकपुरमा सद्भाव र्याली
चितवनबाट एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक (पत्रसहित)
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति






