Thursday, August 13, 2020
Home अन्तराष्ट्रिय कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो

हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु

बेइजिङ । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ । बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस सङ्क्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका हुन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दाहसंस्कार भएको छ दिनपछि कोरोना पोजेटिभ रिपाेर्ट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको बुबाको साउन २२ गते राजधानीको मनमोहन कारडियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट...

प्रहरी हिरासतको शौचालयमा घाँटी रेटिएको अवस्थामा चन्द मृत भेटिए

धनगढी । कैलालीमा प्रहरी हिरासतको शौचालयमा एक जना घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो पौने एकबजेतिर प्रहरी हिरासतमा रहेका धनगढी...

सप्तरीमा थप ३३ जनामा कोरोना पुष्टि, चिकित्सकदेखि बालकसम्म संक्रमित

राजविराज । दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा बुधबार एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन जिल्लामा यति ठूलो...

धादिङका ३२ वर्षिय युवाको कोरोनाबाट मृत्यु भएपछि धादिङमा निषेधाज्ञा

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका...

भर्खरै

काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा सुरक्षा विधि अनुसार काम गरे नगरेको बारेमा बुधबार पनि अनुगमन गरि कारवाही गरेको छ...

७७ जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र...

दाहसंस्कार भएको छ दिनपछि कोरोना पोजेटिभ रिपाेर्ट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको बुबाको साउन २२ गते राजधानीको मनमोहन कारडियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट...

कार्बुरेटर खाँदा बालकको मृत्यु

पोखरा । मुस्ताङमा एक बालकले कार्बुरेटर खाँदा ज्यान गुमाएका छन् । धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला...

धेरै पढिएका

कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।...

गिब्सले ब्याट लिलामीमा राख्ने

केपटाउन । दक्षिण अफ्रिकाका पूर्वस्टार ब्याट्सम्यान हर्र्सल गिब्सले विश्वभर महामरीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँका लागि राहत कोषमा आर्थिक सहयोग गर्न ब्याट लिलाम...

ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी...

आईओसीका कर्मचारीले घरमै बसेर काम गर्ने

लुसोन । कोरोना भाइरसको महामारीको त्रासका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले लुसानेका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । ओलम्पिक हाउस...

ई-पेपर

(Visited 46 times, 1 visits today)