काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्दसँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोक्ने निर्णय गरिएको छ।
सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग वार्ता जारी रहेको र वार्ता सफल भए जुनसुकै बेला आन्दोलन स्थगित हुन सक्ने बताए । तर, ठोस सहमति नभए आन्दोलन जारी रहने उनको भनाइ छ ।
श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। सङ्घले आफ्ना मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिने जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)
सम्बन्धित समाचार
धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य
नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध
सुनकोशीमा खसेको कारको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार
आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध बढे विच्छेदका मुद्दा
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल रहेनन्
म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो जादा एक जना बेपत्ता






